यहि फाल्गुण १६ र १७ गते सप्तरी जिल्लाको खडक न पा ५ खरचुहियामा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय दलित शिल्पी मंच ,नेपाल द्वारा आयोजना गरिएको दुइ दिने राजनैतिक भेला भब्यरुपले सम्पन्न भएको छ |
मंचका संघीय रास्ट्रिय अध्यक्ष्य कुमार लिङदेन मिराक को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता मंचको प्रदेस न .२ इन्चार्ज चन्द्र कन्दंगवा लावासा ,स्वागत मन्तब्य संघीय दलित शिल्पी मंच का प्रान्तीय उपादक्ष्य एबम प्रदेश न .२ इन्चार्ज बलराम सदा र उदघोषण बुद्दिजीवी रामचन्द्र पालले गरेका थिए | उक्त कार्यक्रममा संघीय लोकतान्त्रिक रास्ट्रिय मंचका बरिस्ठ उपादक्ष्य ज्ञान बहादुर गुरुङ ,मंचका उपादक्ष्य एबम प्रदेश न .१ सांसद माननीय बिष्णु तुम्बाहाम्फे ,उपादक्ष्य एबी पन्धाक ,महासचिब अशोक चेम्जोंग ,उपमहासचिब दिल कुमार लावती ,सचिब पूर्णकला लिम्बु , संघीय दलित शिल्पी मंचका प्रान्तीय अध्यक्ष रमेश गजमेर ,महासचिब शर्मिला बागचन्द ,बुद्धिजीवी झवर राम , संजय मण्डलले दलित शिल्पी समुदाय अब राजनैतिक शक्तिको रुपमा बिकसित हुनुपर्ने बारेमा जोड दिएका थिए |
उक्त भेलाले शिव सदाको अध्यक्ष्यतामा २५ सदस्यीय संघीय दलित शिल्पी मंच सप्तरी जिल्ला समिति ,इन्द्रलाल सदाको संयोजकत्वमा ७ सदस्यीय उदयपुर जिल्ला तदर्थ समिति र महेश पालको संयोजकत्वमा १३ सदस्यीय सिराहा जिल्ला तदर्थ समिति गठन गरेको छ | यहि बैशाख २७ र २८ गते काठमाडौँमा संघीय दलित शिल्पी मंचले आयोजना गरेको ७७ जिल्लाको दलित शिल्पी प्रतिनिधिको रास्ट्रिय भेलामा प्रदेश न .२ को प्रत्येक जिल्लाबाट १० जनाको दरले प्रतिनिधित्व गराउने र सप्तरीको भेला सफल पार्न सहयोग गर्ने संघीय लिम्बुवान सामाजिक मंचको प्रवास समितिहरुलाई हार्दिक धन्यबाद दिने प्रस्ताब पारित गरेको छ |
Comments are closed.